प्रस, महोत्तरी, २३ कात्तिक २३/
महोत्तरी जिल्लास्थित नेपाल–भारत सीमानाकाहरू आइतवार बिहानदेखि पुनः सञ्चालनमा आएका छन्। भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गरी ४८ घण्टाको लागि नाका बन्द गरिएको थियो।
कोरोना भाइरसको कारण कात्तिक ३० गतेसम्म नेपाल सरकारले नाका बन्द गरेको भए तापनि भारतले नाका खोले पछि यस क्षेत्रका नाकाहरू सञ्चालनमा आएका छन्। मुख्य प्रवेशद्वार बन्द रहे पनि आसपासका क्षेत्रबाट निर्वाध आवगमन चलिरहेको छ।
पछिल्लोपटक शनिवार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमा क्षेत्र नेपाल–भारत दुवै तर्फबाट पूर्णरूपमा बन्द गरिएको थियो। शनिवार चुनाव सम्पन्न भएपछि आइतवार बिहानै देखि पुनः आवागमन शुरु भएको स्थानीय खुद्रा व्यपारीहरूले बताएका छन्।