प्रस, जनकपुरधाम, २३ कात्तिक/

कैलाश महतोले अलग्गै ‘स्वाधीन मधेस जन अभियान’ नामको नयाँ सङ्गठन गठन गरेका छन्।

महतो सीके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक थिए। उनको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेस जन–अभियानको केन्द्रीय तदर्थ समिति आइतवार जनकपुरधाममा घोषणा गरिएको छ।

नवगठित अभियानको केन्द्रीय समितिमा रमेश सिंह (महोत्तरी), सञ्जय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुवप्रसाद गौंड (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेशप्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बाँके), जगरनाथ सहनी (रूपन्देही), प्रवीण महतो (मोरङ) र नारदमुनि मण्डल (सप्तरी) छन्।

सङ्गठन औपचारिकरूपमा सार्वजनिक गर्दै संयोजक महतोले काठमाडौं र मधेसबीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने बताए। देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणाली स्थापना गर्न सङ्गठन बनाएको उनको भनाइ थियो।

संयोजक महतोले कुनै राजनीतिक सङ्गठन नभई स्वतन्त्र राजनीतिक अभियान शुरू गरेको बताएका छन्। सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि महतो असन्तुष्टि जाहेर गर्दै अलग्गिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here