प्रस, रौतहट, २२ कात्तिक/
संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानहरूको बाँकी बक्यौता एक महीनाभित्र भुक्तानी गर्ने गरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रवारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महीनाभित्र गर्न निर्देशन दिएको हो।
समस्या समाधान गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य बिन्दा पाण्डेले बताए। चाडपर्वको समय भएकोले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदूरलाई तत्काल राहतस्वरूप केही रकम भुक्तानी दिन सक्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here