प्रस, वीरगंज, २२ कात्तिक/
वीरगंज महानगरपालिका–१३ राधेमाईमा नवनिर्मित सामूहिक शवदाह गृहको शनिवार उद्घाटन भएको छ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रहरी उपरीक्षक गङ्गा पन्तले सामूहिक शवदाह गृहको उद्घाटन गरेका थिए। सामूहिक शवदाह गृह राजकुमार दारुकाले निर्माण गरेका हुन्।
शवदाह गृह समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ११ लाख रुपैयाँको लागतमा निर्माण भएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए। वीरगंजमा सामूहिक शवदाह गृह वीरगंज महानगर–१० अशोक वाटिकामा मात्र थियो। अब राधेमाई क्षेत्र र सो आसपासका मानिसहरूलाई शव विसर्जनमा सुविधा हुने आशा गरिएको छ।