प्रस, रौतहट, २१ कात्तिक/
रौतहट क्षेत्र नं १ का सांसद एवं जनता समाजवादी पार्टीका नेता अनिलकुमार झाले स्थानीय तहलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आपत्ति जनाउँदै स्थानीय तहमा आएको बजेट सांसदले ल्याएको होइन भनी बताए।
शुक्रवार यमुनामाई गापाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको नीति अनुसार स्थानीय तहमा जनसङ्ख्या तथा क्षेत्रको आधारमा आएको बजेट हो भनी प्रस्ट पारे। स्थानीय तह आफैंमा एउटा सरकार हो उनले भने। उनले स्थानीय तहमा आएको बजेट स्थानीय तहका जनप्रतिनिधिले बाँडफाँड गर्ने स्थानीय सञ्चालन ऐन २०७४ मा अधिकार प्रत्यायोजन गरेको स्पष्ट पारेका थिए। संसदीय पूर्वाधार विकास कोषको रकम छुटै हो गापा अध्यक्ष मुखियाले बताए।