प्रस, वीरगंज, १९ कात्तिक/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मधेसवादी दलले जनतालाई भ्रममा पारेको आरोप लगाएका छन्।
पर्सा क्ष्Fेत्र नं ४ द्वारा पकाहामैनपुरको सबैठवामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले मधेस आन्दोलनमा शहीदलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेर मान्छेको ज्यान लिएको र अहिले भैंसी दिएर शहीद परिवारको अपमान गरेको बताए। उनले प्रदेश २ मा विकासको नाममा भ्रष्टाचार मात्र भएको आरोप लगाए। नेता रिजालले आगामी सरकार काङ्ग्रेसको हुने ठोकुवा गरे।
बलिराम चौरसियाको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्का केन्द्रीय सदस्य अजय चौरसिया, जिल्ला अध्यक्ष अजय द्विवेदी, प्रदेशसभा सदस्य शङ्कर चौधरी, युवा नेता नवीन सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बबलु श्रीवास्तवले स्वागत र छठु साहले सहजीकरण गरेका थिए।