लैङ्गिक हिंसाबारे अभिमुखीकरण

0

बलिराम शुक्ला, बिरुवागुठी, १९ कात्तिक/
    धर्मगुरु तथा स्थानीय शक्ति धारकहरूलाई लैङ्गिकतामा आधारित हिंसासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम जनता मावि पकडिया बडनिहारमा सम्पन्न भएको छ।
    आसमान नेपालको आयोजना र भिएसओ नेपालको सहयोगमा भएको कार्यक्रममा विभिन्न धर्मका गुरु, समाजका अगुवा, शिक्षकसँग निशा अर्याल र वीरेन्द्रकुमार सिंहले महिला हिंसाबारे छलफल गरेका थिए।
    कार्यक्रममा पर्सागढी नगरपालिका–३ का वडासदस्य अरुणप्रकाश रेग्मी, सीता लामा, सत्यनारायण दास थारूलगायतको उपस्थिति थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here