गोडैतामा विद्यालय भवनको शिलान्यास

0

प्रस, गरुडा, १९ कात्तिक/
    सर्लाहीको गोडैता नगरपालिका–५ रामवनमा आठ कोठे पक्की विद्यालय भवनको शिलान्यास गरिएको छ। श्रीमती सरस्वतीदेवी कुशवाहा आधारभूत विद्यालय भवनको शिलान्यास नगरप्रमुख देवेन्द्रकुमार यादवले गरेका थिए।
    कार्यक्रममा विद्यालयका संस्थापक तथा संरक्षक रामचन्द्र महतो कुशवाहा, शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्राविधिक सहायक सुनीलकुमार कुशवाहासहित विभिन्न वडाका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय शिक्षासेवी, बुद्धिजीवी तथा सयौं सर्वसाधारणको सहभागिता थियो।
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा प्राप्त रकमबाट विद्यालय भवनको निर्माण शुरू गरिएको हो। कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा ६६८ बालबालिका अध्ययनरत छन्। कार्यक्रममा व्यवस्थित भवनको अभावमा विद्यालयमा गुणस्तरीय पठनपाठनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नयाँ भवन समयमैं निर्माण हुनुपर्ने धारणा राखिएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here