थप ९ जना सङ्क्रमित, एकजनाको मृत्यु

0

प्रस, वीरगंज, १८ कात्तिक/
    नारायणी अस्पतालको प्रयोगशालाले पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट मङ्गलवार ९ जना सङ्क्रमित पुष्टि गरेको छ।
    पर्सा, बारा र मकवानपुरका गरी ९ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। मकवानपुरका १ जना, बारा र पर्साका ४/४ जना गरी ९ जना सङ्क्रमित पुष्टि भएका हुन्।
    पर्साको वीरगंज महानगरका तीनजना छन् भने एकजना धोबिनी गाउँपालिकाका छन्। सङ्क्रमित पुष्टिमध्ये जिन एक्सपर्टबाट धोबिनी गापा–४ का ५० वर्षीय पुरुषको हिजो मृत्यु भएको उनले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here