नकआउट क्रिकेटः बहुअर्वा क्रिकेट टीम विजयी

0

प्रस, पर्सागढी, १७ कात्तिक
    नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा बहुअर्वा क्रिकेट टीमले महुवा क्रिकेट टीमलाई ७ रनअन्तरले पराजित गरेको छ  ।
    पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैलीको खेलमैदानमा टस जिती ब्याटिङ रोजेको बहुअर्वा क्रिकेट टीमले १० विकेट गुमाइ १३९ रन बनाएको थियो  ।
    प्रतिउत्तरमा महुवा क्रिकेट टीमले १० विकेट गुमाइ १२१ रनमा सीमित भयो  । खेलको ‘म्यान अफ दि म्याच’ बहुअर्वा क्रिकेट टीमका सन्तोष कार्की भए  । उनले २० बलमा ४६ रन बनाउनुका साथै चार ओभर बलिङ गर्दै चार विकेट लिएको आयोजक बर्वाछोटैली क्लबका अध्यक्ष आलोक सिंहले जानकारी दिए  । कार्कीलाई नेरामावि बर्वाछौटैली व्यवस्थापन समितिका अध्यक्ष अच्छेलाल यादवले नगद पुरस्कारले सम्मानित गरेका थिए  ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here