२५ दिनसम्म पनि दाहसंस्कार हुन सकेन

0

प्रस, सर्लाही, कात्तिक १६/
    कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगर निवासी महेन्द्र रामको २५ दिन बितिसक्दा पनि दाहसंस्कार हुन सकेको छैन।
    कुटपिटमा संलग्न अभियुक्त सबैलाई पक्राउ गर्नुपर्ने र पीडित पक्षलाई राहत तथा क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मृतकका परिवारजन आन्दोलनमा छन्।
    प्रहरीले घटनामा संलग्न रहेको शङ्कामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
    मृतक रामका परिवारजनले भने घटनामा संलग्न थप ९ जनालाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। गत २१ गते कुटपिटबाट गम्भीर घाइते रामको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा मृत्यु भएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here