ट्याक्टर पल्टिंदा एकजनाको मृत्यु

0

प्रस, सेढवा, १६ कात्तिक/
    जगरनाथपुर गाउँपालिकामा ट्याक्टर पल्टिएर एकजनाको मृत्यु भएको छ। आइतवार बिहान साढे १० बजे जगरनाथपुर गापा–४ बाट धान खरीद गरी वीरगंज लैजाने क्रममा चन्द्रावती खोलाको पुलमा ट्याक्टर पल्टिएर जगरनाथपुर गापा–२ लक्ष्मीपुर निवासी ३५ वर्षीय राममनोहर साहको मृत्यु भएको प्रहरी चौकी पाँडेपुरका प्रसनि आदर्श खतिवडाले बताए।
    मृतक साह ट्याक्टर साहु भएको र उनैले ट्याक्टर चलाएको प्रसनि खतिवडाले जानकारी गराएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here