नेका महासमिति सदस्य धानुकको निधन

0

प्रस, सिम्रौनगढ, १६ कात्तिक/
    नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवं बाराका सक्रिय काङ्ग्रेसी नेता मेदनी महतो धानुकको ५२ वर्षको उमेरमा निधन भएको छ।
    आदर्श कोतवाल गाउँपालिका–५ टेडाकट्टी निवासी धानुकको पार्थिव शरीरमा नेका बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रीय सभापति एवं सिम्रौनगढ नपाका नगरप्रमुख विजयशङ्कर यादवले संयुक्तरूपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए।
    आज टेडाकट्टीस्थित खोलामा उनको अन्तिम संस्कार गरिएको छ। संविधानसभा सदस्य डा शोभाकर पराजुलीले धानुकको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताए। यसैगरी, पूर्वमन्त्री कलावती पासवान, नेका बाराका सभापति जयचन्द्र चौरसिया, प्रदेशसभा सदस्य देवदत्त बछार, महासमिति सदस्य उपेन्द्र जयसवाल, ज्वाला साहलगायतले धानुकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here