विश्व दृष्टि दिवसमा आँखा शिविर

0
225

प्रस, वीरगंज, २२ असोज/
    विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घ पर्सा र केडिया आँखा अस्पताल परवानीपुरले निश्शुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ।
    नेपाल नेत्रज्योति सङ्घ पर्साकी सभापति मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा असहाय, एकल महिला, वृद्ध, बालबालिकालगायतको आँखा परीक्षण गरिएको थियो।
    शिविरमा  मदनप्रसाद गुप्ता, गणेश साह, सन्तोष जैसवाल, उमेश गुप्ता, राजन श्रीवास्तवलगायतले सहयोग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here