पर्सा र बारामा थप २१ जना सङ्क्रमित

0

प्रस, वीरगंज, १५ कात्तिक/
    नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले शनिवार पर्सा र बारामा २१ जना सङ्क्रमित पुष्टि गरेको छ।
    जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले प्रयोगशालामा १९५ जनाको पिसिआर परीक्षण गरिएकोमा पर्सामा ५ जना र बारामा १६ जना सङ्क्रमित पुष्टि भएको बताए।
    उनले पर्सामा वीरगंज महानगरपालिकाका विभिन्न वडाका चारजना र पटेर्वासुगौलीका एकजना गरी पाँचजना सङ्क्रमित पुष्टि भएको बताए।
    यसैबीच, बारा निजगढका ६२ वर्षीय सङ्क्रमितको आज बिहान नेशनल मेडिकल कलेजमा निधन भएको छ। योसमेत बारामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here