हाजीरीजवाफ प्रतियोगिता सम्पन्न

0

प्रस, सेढवा, १५ कात्तिक/
    जीराभवानी गाउँपालिकामा हाजीरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
    बौद्धिक क्षमता अभिवृद्धि, वृहत् ज्ञानमाला कार्यक्रम अन्तर्गत नेरा मावि सेढवा बिर्तामा आयोजना गरिएको हाजीरीजवाफ प्रतियोगितामा ठोरीका दिनेश लामा, सनिला दोङ्ग र अशोक लामा प्रथम भए।
    यसैगरी, दीपककुमार पटेल र धामू राम द्वितीय भए भने आशिष यादव, मेलिना बस्नेत र सरोज विश्वकर्मा तृतीय भए। हाजीरीजवाफ प्रतियोगितामा जीराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकाबाट १८ वटा समूहले भाग लिएका थिए।
    प्रतियोगिताका विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जीराभवानी गापाका अध्यक्ष्F रामप्रीत महतोले पुरस्कृत गरेका थिए। ज्ञानकुमार प्रसादको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष उषादेवी थरुनी, प्रमुख प्रशासकीय अधिकृत शिवचन्द्र ठाकुर, वडाध्यक्ष महादेव महतो थारू, नेपाल शिक्षक महासङ्घ जीराभवानीका अध्यक्ष्F कृपासिन्धु पटवारी, शिक्षक सङ्गठनका प्रदेश सदस्य श्रीकान्ति देवी, नन्दकिशोर साह, शिक्षक पूर्वा लामालगायतले मन्तव्य व्यक्त गरेका थिए।
    प्रतियोगिताको सहजीकरण धर्मेन्द्र पासवान, रवि चौधरी र अशोक मेहताले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here