सितेरियो खेलाडीको बेल्ट टेस्ट कार्यक्रम

0

प्रस, परवानीपुर, १५ कात्तिक/
    जीतपुरसिमरा उपमहानगरपालिका –७ जीतपुरस्थित नेपाल सितेरियो कराँते सङ्घ डोजो जीतपुर शाखाले बेल्ट टेस्ट कार्यक्रम गरेको छ।
    नेपाल सितेरियो कराँते खेल्दै आएकाहरूको बेल्ट टेस्ट गरी बेल्ट उन्नति गरेकाले शनिवार बेल्ट टेस्ट कार्यक्रमको आयोजना गरिएको हो।
    जीतपुर डोजो शाखाका  सहप्रशिक्षक  मनोजकुमार साहको अध्यक्षता र पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
    कार्यक्रममा पूर्वमन्त्री पौडेलले खेलले स्वास्थ्यका साथै सद्भाव बढाउन योगदान पु–याउने दाबी गरे । उनले जीतपुरसिमरा उपमहानगरलाई खेल क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरे।
    कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकी उपप्रमुख सरस्वतीदेवी चौधरीले खेलको विकासमा नगरपालिका सधैं अग्रस्थानमा उभिने बताइन्।
    कार्यक्रममा गायक प्रमोद जख्मीले  गीत  प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए भने प्रीति पासवानले नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा नेकपा बारा जिल्ला अध्यक्ष क्षत्रबहादुर श्रेष्ठ (अनिल), देवनारायण चौधरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साह, नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष घनश्याम गिरी, महिला नेत्री सीता उप्रेतीलगायतको सहभागिता थियो। कार्यक्रममा १० जना कराँते खेलाडीले ग्रीन बेल्ट र ४ जनाले अरेन्ज बेल्ट प्राप्त गरे।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here