तेली समाजको शुभकामना कार्यक्रम

0

प्रस, वीरगंज, १४ कात्तिक/
    तेली समाज नेपाल, पर्साको सखुवाप्रसौनी गाउँपालिका कमिटीले शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। गाउँसमितिका अध्यक्ष शिवकुमार साहको अध्यक्षता तथा विश्वनाथ साहको प्रमुख आतिथ्यमा दशैं, दीपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।
    कार्यक्रममा प्रदेशसभा सदस्य राजेश्वर साह तेली, तेली समाजका केन्द्रीय सदस्य गणेश साह, जिल्ला अध्यक्ष धु्रव साह, दिनानाथ साह, असर्फी साह, लक्ष्मण साह, रामनाथ साह, पन्नालाल साहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूले तेली समाजबाट दाइजोप्रथा हटाउन सहभागीहरूलाई आग्रह गरे। उनीहरूले बालबालिकालाई शिक्षामा सहभागिता गराइ समाजबाट दाइजोप्रथा हटाउन सबैमा आग्रह गरे।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here