सहकार्य र एकताले मधेसको विकास सम्भव –मन्त्री सोनल

0

प्रस, बारा, ११ असोज/
प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सबैको सहकार्य र एकताले मात्र मधेसको उत्थान र विकास सम्भव हुने बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल वडा एकाइ समिति प्रसौनी–३ नौतन बाराले प्रसौनी गाउँपालिका–३ नौतन गण्डक चोकस्थित मधेस सेवा आश्रममा दशैं, दीपावली र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि मन्त्री सोनलले शुभकामना दिंदै प्रदेश २ को विकासका लागि आपूmले आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बाराका सांसद एकबाल मियाँले मधेसको चौतर्फी विकासका लागि पार्टी मजबूत हुनुपर्ने र मधेसी समुदाय पनि एक हुनुपर्नेमा जोड दिए ।
प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले गाउँपालिकाको विकासमा सङ्घीय तथा प्रदेश सरकारले तदारूकता देखाए गापालाई प्रदेशकै नमूना गापा बनाउने दाबी गरे।
जसपा नेपाल वडा एकाइ समिति प्रसौनी–३ का अध्यक्ष लक्ष्मीनारायण राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा गापा उपाध्यक्ष गीतादेवी साह, वडाध्यक्ष बैजनाथ गुप्ता, सुरेशप्रसाद गुप्ता, आनन्दप्रसाद गुप्ता, सनै साह, अधिवक्ता रामचन्द्र सिंह, क्षेत्रीय अध्यक्ष सीताराम गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण राजकिशोर साहले गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here