प्रस, वीरगंज, ११ असोज/
नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण अवरुद्ध भएको छ ।
प्रयोगशालामा पिसिआर परीक्षणका लागि कम्तीमा ९६ वटा स्वाब नमूना सङ्कलन हुनुपर्नेमा स्वाब नमूनाको अभावमा तीन दिनदेखि पिसिआर परीक्षण नभएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए । उनले तोकिएको सङ्ख्यामा आधाभन्दा कम स्वाब नमूना सङ्कलन भएको कारण पिसिआर परीक्षण हुन नसकेको स्पष्ट पारे ।
प्रयोगशालामा पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरीबाट स्वाब नमूना परीक्षणका लागि आउने गरेकोमा अहिले सो स्थानबाट पनि स्वाब नमूना नआएको उनले बताए ।
अहिले नारायणी अस्पतालको प्रयोगशालामा शुल्क लिएर र पर्सा जिल्लाका १४ वटा पालिकाबाट आउने स्वाब नमूनाको निश्शुल्क परीक्षण हुने गरेको छ ।
यसबाहेक सङ्क्रमित हुनेहरूको कन्ट्याक्ट टे«सिङमा परिवारका सदस्यहरूको मात्र अहिले स्वाब नमूना सङ्कलन गरिंदैछ । यसअघि कन्ट्याक्ट टे«सिङमा पर्ने सबैजनाको स्वाब नमूना सङ्कलन गरिन्थ्यो ।
यता तीन दिनदेखि अस्पतालको प्रयोगशालामा शुल्क तिरेर स्वाब नमूना दिएकाहरूको परीक्षण रिपोर्ट नआउँदा उनीहरूले समस्या भोग्नुपरेको छ । शङ्कास्पद अवस्था देखिएपछि स्वाब नमूना दिएको र परीक्षण रिपोर्ट समयमा नआउँदा समस्या भएको उनीहरूले बताए । स्वाब दिनेमा मजदूर, कामदार, बैंकर्सलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here