रङ्गपुर चौकीमा भोज, दारु–मासु पनि चल्यो

0

प्रस, वीरगंज, ११ असोज/
विजयादशमीको दिन पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गतको रङ्गपुर प्रहरी चौकीमा भव्य भोज गरिएको समाचार छ । कोरोना सङ्क्रमणको कारण सरकारले भीडभाड हुने गरी कुनै पनि भोज, सभा–समारोह नगर्न निर्देशन दिएको छ । सो निर्देशनविपरीत प्रहरी चौकी रङ्गपुरले अबेर रातिसम्म भोज गरेको स्थानीयले बताएका छन् ।
प्रहरी चौकीमा माछामासुसाथै मदिरा पनि चलाइएको थियो ।
मदिरा भोजमा चर्को स्वरमा गीत–सङ्गीत पनि चलेको थियो । जसले गर्दा स्थानीयलाई समस्या भएको बताइएको छ ।
भोजमा सबै तहका मानिसको सहभागिता थियो । प्रहरी चौकी रङ्गपुर अवैध गाँजा, चरेसको तस्करी, वन पँmडानीमा संलग्नहरूसँग सामीप्य राख्नेमा बदनाम छ ।
हिजोको रात्रिभोजमा अवैध कारोबार गर्नेहरूको सहयोग रहेको थाहा हुन आएको छ । प्रहरीमा भोजभतेर नगर्न गृहले केही वर्षअगाडि नै रोक लगाएको छ । तर रङ्गपुरमा हिजो दिउँसोदेखि अबेर रातिसम्म भोज भतेर चल्यो । यस विषयमा चौकी इन्चार्ज राजेश तिवारीले भोज नगरेको दाबी गरे । उनले साथीभाइलाई मात्र खुवाएको बताए ।
जिप्रका पर्साका प्रवक्ता प्रनाउ मनोजीत कँुवरले प्रहरी युनिटलाई भोज गर्न निषेध गरिएको बताएका छन् । उनले यसअघि नै गृहको परिपत्रबाट प्रहरी कार्यालयमा भोज निषेध गरिएको बताए । उनले सामान्य रासन खाने प्रहरीले भोज गरेर मासु, मदिरा सेवन गराएको कुरा पत्यारिलो नभएको बताए । उनले चौकीले भोजको आयोजना गरेको भए कारबाई गर्ने बताए । तर भोजमा सहभागी केहीले चौकीले भोजको आयोजना गरेको पुष्टि गरेका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here