चौरसियाको हत्यारालाई कारबाईको माग गर्दै पाँचौं दिन पनि प्रदर्शन

0

प्रस, वीरगंज, ११ असोज/
नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यारालाई कारबाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साअगाडि मङ्गलवार पनि सडकमा प्रदर्शन गरिएको छ ।
हत्यारालाई कारबाईको माग गर्दै कात्तिक ७ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्सा जाने मुख्य सडकमा प्रदर्शन भइरहेको छ ।


प्रदर्शनकारीहरूले हत्याराविरुद्ध जाहेरी दर्ता नहुन्जेलसम्म प्रदर्शनलाई निरन्तरता दिने बताए । आजको प्रदर्शनमा नेकपा पर्सा जिल्ला कमिटी सदस्य मनोज चौधरीले पार्टीकै सरकार भएको अवस्थामा कार्यकर्ताको हत्यारालाई कारबाई नहुनु दुःखद भएको बताए । उनले कार्यकर्तालाई न्याय दिलाउनु नसक्ने सरकारले अन्यलाई के गर्दा हुन् भन्ने प्रश्न गरे । उनले हत्यारालाई कारबाई गर्न अग्रसरता देखाउन सरकारसँग आग्रह गरे । प्रदर्शनको क्रममा महिलाहरूले झाडु प्रदर्शन गर्दै प्रहरीलाई मुद्दा दर्ता गर्न आग्रह गरेका थिए । यसैगरी, प्रदर्शनकै क्रममा दिउँसो प्रहरी उपरीक्षक गङ्गा पन्तको पुतला दहन गरिएको थियो ।
चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो । नेकपाको शपथग्रहण कार्यक्रममा कात्तिक ६ गते दिउँसो पार्टीका दुई पक्षबीच भएको झडपमा घाइते भएकामध्ये चौरसियाको गत ७ गते निधन भएको हो । घटना भएको दिन प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन प्रहरीले सातैजनालाई हाजीरी जमानीमा
छाडेको भएपनि चौरसियाको मृत्युपश्चात् हनिफ मियाँ, सोखाद्दीन अन्सारी र देवा सहनी गरी तीनजनालाई पक्राउ गरेको थियो ।
प्रदर्शनकारीहरूले हत्यामा १२ जनाको सहभागिता रहेको भन्दै किटानी जाहेरी दिएका छन् ।
१२ जनामध्ये दुईजना योजनाकार र १० जना प्रत्यक्षरूपमा संलग्न रहेको प्रदर्शनकारीहरूको दाबी छ ।
हत्यापश्चात् प्रहरीले जाहेरी दर्ता नगरेपछि सोको विरुद्धमा पूर्वमन्त्री तथा नेकपाका नेता मातृका यादव, सुरेन्द्र पाण्डे, नागेन्द्र चौधरी, रामचन्द्र झालगायत पनि प्रदर्शनमा सहभागी भएका थिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रहरीले जाहेरी दर्ता नगरेकोमा आपत्ति जनाएका छन् । उनले हत्यामा संलग्न दोषीहरूलाई कारबाई गर्न माग गरेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here