धान बालीमा भुसुना कीराको प्रकोप

0


प्रस, सिम्रौनगढ, ५ कात्तिक/
    सिम्रौनगढ क्षेत्रमा भुसुनाले अगहनी धानलाई क्षति पु–याएको छ। सिम्रौनगढ नगर क्षेत्र, पचरौता र जिल्लाका विभिन्न स्थानमा अगहनी धानमा भुसुना कीरा लागेको र सो कीराको प्रकोपबाट धान नष्ट भइरहेको किसानहरूले गुनासो गरे।
    लङ्गडाचोक, सुखी, पथरा, कुडवा, पोखरिया, कञ्चनपुर, बलुवा, ब्रह्मपुरी, बाजोपट्टि र सिम्रौनगढ इलाकाको अमृतगंज, हरिहरपुर, गङ्गानगर, देवापुर टेटा, भगवानपुर, पटेर्वा, कमलपुर खजानी, श्रीनगर बैरिया, नौकाटोला, अमरपुर, कचोर्वा र सिम्रौनगढ बजारमा यो कीराले धानबालीलाई नष्ट पारिरहेको किसानहरूले बताए। बाजोपट्टिका किसान किशोरी यादवले भुसुनाको प्रकोप अगहनी धानमा देखिएको बताए। उनले खेतमा यो कीरा फैलिएर धानलाई क्षति पु–याइरहेको बताएका छन्। धानको बोट, बालासहित तलदेखि माथिसम्म सुक्ने गरेको अर्का कृषक अमृतगंजका नन्हक पासवानले बताए। उनले मसिनो कीराको आक्रमणबाट अगहनी धानलाई क्ष्Fति पुगिरहेको जानकारी गराएका छन्।
    सयौंको सङ्ख्यामा धानबालीमा भुसुना देखा पर्ने र तलदेखि माथिसम्म धानबाली नष्ट हुने गरेको सिम्रौनगढ सानो इँटवालका बन्हु महतो नुनियाले बताए। अगहनी धान परिपक्व भएर तयारी अवस्थामा हुँदा यो रोग देखा परेको उनले बताए। किसानहरूले रोगबाट जोगिन स्थानीय विषादी पसलेको सल्लाहमा कीटनाशक औषधि प्रयोग गर्न थालेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here