राधेश्याम पटेल, परवानीपुर, ४ कात्तिक/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरको नितनपुरमा रहेको भगवती स्टील इन्डस्ट्रिज प्रालिमा कमिशन खाएर सुरक्षागार्ड राख्ने गरिएको घटना सार्वजनिक भएको छ।
सुरक्षागार्डको असोज महीनाको पारिश्रमिकबाट ३/३ हजार रुपैयाँ दशैं खर्चको नाममा कमिशन माग्ने गरिएको र सो रकम नदिंदा तीनजना गार्डलाई कामबाट निकालिएको छ। उद्योगमा सुरक्षा प्रदान गर्ने गरुड सेक्युरिटी प्रालिबाट कार्यरत सुरक्षागार्डले यस्तो गलत काम भइरहेको गुनासो गरेका छन्।
बारा निजगढका अशोककुमार तिमिल्सिना, कान्छा जिटेल र सुरेश महतोलाई काममा रोक लगाइएको नेकपानिकट अखिल नेपाल सेक्युरिटी मजदूर सङ्घ प्रदेश २ का अध्यक्ष शम्भुप्रसाद कुर्मीले जानकारी गराए।
उद्योगका प्रशासकीय अधिकृत धर्मेन्द्रलाल कर्णले कमिशन माग गरेको भनी सेक्युरिटी कम्पनीबाट सो उद्योगमा कार्यरत कमान्डर केशवराज बोहराले कमिशन असुल्न उर्दी जारी गरेको गार्डहरूले बताएका छन्। उद्योगको व्यवस्थापन पक्ष र सेक्युरिटी कम्पनीबीच थप दुर्ई वर्ष सम्झौता म्याद थपिएकाले प्रशासकीय अधिकृत कर्णले उक्त रकम दशैं खर्चको रूपमा माग गरेको बताइएको