गोनाही नपाको चौथो नगरसभा सम्पन्न

0


प्रस, रौतहट, ४ कात्तिक/    
    रौतहट जिल्लाको गोनाही नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ। सोमवार नगरप्रमुख धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न नगरसभामा आव २०७७/०७८ को लागि रु ४९ करोड बराबरको आय–व्यय प्रस्तुत भएको थियो।
    उपप्रमुख परनियादेवी पटेलले चालू आवका लागि रु ४९ करोड २ लाख ३४ हजारको बजेट प्रस्तुत गरिन्। प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले नगरको चौतर्फी विकासका साथै नगरसभामा समानीकरण, सशर्त अनुदान, राजस्व व्यवस्थापन, आन्तरिक आयलगायतको बजेट प्रस्तुत भएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत्, भौतिक पूर्वाधार निर्माणलगायतमा बजेटबाट विशेष व्यवस्था गरिएको दाबी गरे।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here