प्रस, जनकपुरधाम, ४ कात्तिक/
    धनुषाको नगराइन नगरपालिकामा सोमवार मध्यराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा मोटरसाइकलमैं सवार भएका अन्य दुर्ईजना घाइते भएका छन्।
    नगराइनबाट गङ्गुलीतर्फ आउने क्रममा बिआर ३२ एबी ४१८३ नम्बरको मोटरसाइकल दुर्घटनामा भारतको मधुवनी उमगाउँ घर भएका ४० वर्षीय शङ्कर महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक महरा नगराइन नगरपालिका–४ स्थित ससुराली आएका थिए।
    दुर्घटनामा घाइते भएका दुवैजनाको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
    तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ। सडकमा अचानक कुकुर आएपछि गाडी अनियन्त्रित भएको बताइएको छ। घटनास्थलमैं कुकुरको पनि मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here