भीडभाडका साथ झिझिया नृत्य जारी

0


प्रस, जनकपुरधाम, ४ कात्तिक/
    मिथिलाञ्चलका शक्तिपीठमा शुरू भएको लोक अनुष्ठान झिझिया नृत्यमा स्वास्थ्य मापदण्ड नअपनाइएको पाइएको छ।
    दशैं पर्वको अवसरमा घटस्थापनादेखि दशमीको दिनसम्म महिलाहरूले देवी स्तुतिको लोक परम्परा झिझिया नृत्य प्रदर्शन गर्ने गरेका छन्। सोअनुरूप यस वर्ष पनि विगतझैं भीडभाडका साथ नृत्य प्रदर्शन भइरहेको मिथिलाका बासिन्दाहरूले बताएका छन्।
    सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न आग्रह गर्दै निषेधाज्ञासमेत जारी गरे पनि झिझिया, मेला आयोजना र प्रदर्शन जारी छ। झिझिया मैथिल समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको धेरैवटा प्वाल पारिएको घैंटो टाउकामा राखी तान्त्रिक विद्याअनुरूप नृत्य गरिन्छ।
    छैटौं–सातौं शताब्दीतिर मिथिलाञ्चलमा मालिनी सम्प्रदायको प्रभाव निकै बढेको थियो। मालिनी जादु टुनामा पारङ्गत हुने गर्दथे। मालिनीकै परम्परामा पछि बोक्सीको परम्परा शुरू भएको विश्वास छ। समाजमा प्रचलित मान्यताअनुरूप बोक्सीबाट सन्तानको रक्षा गर्न सांस्कृतिक लोक अनुष्ठान झिझियाको प्रारम्भ भएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here