२६ जना सङ्क्रमित थप

0

प्रस, वीरगंज, ४ कात्तिक/
    पर्सा, बारा, रौतहट र सर्लाहीका गरी मङ्गलवार २६ जना कोरोना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
    नारायणी अस्पतालको प्रयोगशालाले सोमवार राति जारी गरेको पिसिआर रिपोर्टबाट पर्साका १८, बाराका ६ र सर्लाही र रौतहटका १/१ जना गरी २६ जना सङ्क्रमित पुष्टि भएको उनले बताए। सङ्क्रमित हुनेमा पर्साका १८ जना पुरुष छन्।
    वीरगंज महानगरको वडा नं ३, ८, १०, १२, १६, २० र २६ मा १/१ जना तथा वडा नं १३ मा ४ जना र वडा खुल्न बाँकी ३ जना गरी १४ जना सङ्क्रमित छन्।
    यसैगरी, विन्ध्यवासिनी तथा पकाहामैनपुर गाउँपालिकामा गरी ३ जना र बहुदरमाई नपामा १ जना सङ्क्रमित पुष्टि भएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here