औद्योगिक क्षेत्रको प्रहरी युनिटले उठाउन थाल्यो दशैं खर्च

0


प्रस, परवानीपुर, ३ कात्तिक/
    वीरगंज–पथलैया औद्योगिक कोरिडोरस्थित जनताको सेवाको लागि खटाइएको प्रहरी युनिटले प्रहरी आचरणविपरीत कार्य गर्दैछ।
    विगत सात महीनादेखि कोरोना महामारी र लकडाउनले थिलथिलो बनेको पर्सा–बारा औद्योगिक कोरिडोरमा अहिले प्रहरीको आतङ्क बढेको छ। त्यहाँस्थित प्रहरी चौकीहरू पर्सा, बाराका विभिन्न औद्योगिक प्रतिष्ठानबाट दशैं खर्चको नाममा नजराना बुझ्ने कार्यमा अहिले व्यस्त भएको व्यवसायीहरूले बताए।
    एकजना व्यवसायीका अनुसार प्रहरीले मोटरसाइकल, जीप, भ्यानबाट आफ्नो सुरक्षाकर्मी पठाएर उद्योगमा दशैं खर्चको लागि दबाब दिने गरेको छ। वडा प्रहरी कार्यालय, प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय जीतपुर, इप्रका सिमरालगायतका टोलीले पर्सा, बाराका विभिन्न उद्योगबाट दशैं खर्च असुलिरहेको वीरगंजका उद्योगी– व्यवसायीमा चर्चा छ।
    विभिन्न उद्योगबाट दशैंको उपलक्ष्यमा मदिरा र कोसेलीस्वरूप खामबन्दी रकमको लागि प्रहरीले दबाब दिइरहेको उद्योगीहरूले बताएका छन्।
    यसबारेमा जिल्ला प्रहरी कार्यालय, पर्साले प्रहरी आचरणविपरीत काम गरेका सुरक्षाकर्मीको जानकारी वा उजूरी आएको खण्डमा कानूनबमोजिम कारबाई गर्ने बताएको छ।  

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here