एफओबीबाट सामान मगाउन आयातकर्तालाई सुझाव

0


राधेश्याम पटेल, वीरगंज, २ कात्तिक/
    भारत तथा तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनको ज्ञान सबैलाई नहुँदा व्यापारमा ठूलो घाटा भोग्नुपर्छ। कुन प्रणालीबाट के सामान मगाउने हो, सोको उचित ज्ञान र दक्ष कर्मचारीको अभावमा व्यवसायीहरू कङ्गाल हुन सक्छन्। तर सही समयमा सही ज्ञान र सीप लगाएर व्यवसाय गरियो भने व्यवसायमा लागत खर्च घटाएर फाइदा गर्न सकिने विज्ञहरूको भनाइ छ।
    श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्न ५ वर्षको ठेक्का लिएको ठेकेदार कम्पनीका अर्थविज्ञहरूका अनुसार नेपाली आयातकर्ताहरूसँग तेस्रो मुलुकसँग गर्नुपर्ने व्यापारमा दक्ष जनशक्ति (प्रोफेशनल फ्रेट फरवार्डर)को नेपालमा अभाव देखिएको छ।
    सुक्खा बन्दरगाह सञ्चालन गर्ने प्रिन्सिटाइन भ्याली प्रालिका स्ट्रेटेजी प्रमुख आदित्य रोयका अनुसार नेपाली आयातकर्ताहरू एजेन्ट वा कम ज्ञान भएका लजिस्टिक प्रतिनिधिबाट मालसामान मगाउँँदा बर्सेनि करोडौं रुपैयाँ घाटा बेहोरिरहेको छन्। उनले नेपाली आयातकर्ताहरू विशेषगरी सिआइएफ
(कस्ट इन्स्युरेन्स पे्रmट)बाट मालसामान मगाउने गरेको बताए।
    यसमा आयातकर्ताहरू निर्यातकर्ता र सिपिङलाइन कम्पनीको नियन्त्रणमा रहने गर्छन्। तर फ्रि अन बोर्ड (एफओबी)बाट मालसामान मगाउँँदा कम्तीमा विभिन्न शुल्कबापत २५ प्रतिशत बचत गर्न सकिने उनको विश्लेषण छ। ‘सिआइएफबाट सामान मगाउँदा जहाजबाट आउने सामानको बीमा विदेशी कम्पनीले गर्छ, जहाज डुब्यो भने बीमाको रकम लिन झन्झट खेप्नुपर्छ, भाडा पनि सिपर
(जहाज कम्पनी)ले तय गर्छ। त्यसैगरी, सामान कुन समयमा आउँछ, कति दिनको विलम्ब शुल्क लिने हो, सबै कुरा सिपिङलाइन कम्पनीको हातमा हुने भएकोले व्यवसायीले अरूको भर पर्नुपर्नेछ। तर एफओबीबाट सामान मगाउँँदा जहाजको भाडा बार्गेनिङ गर्न सहज हुन्छ, बीमा नेपाली कम्पनीसँग गर्न कागजात तथा पैसा भुक्तानी लिन दिन पनि सहज हुनेछ।
    विलम्ब शुल्कमा पनि सिपिङलाइन कम्पनीसँग बार्गेनिङ गर्न सकिन्छ। यसरी सिआइएफभन्दा एफओबी न्यून खर्चिलो प्रणाली हुने भएकोले यस विधिबाट नै सामान मगाउँँदा बेस हुने उनले सुझाव दिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here