प्रस, वीरगंज, ३० असोज/
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले वीरगंज महानगरपालिका वडा नं ६ समितिको कार्यालयको सहयोगमा गहवा मन्दिरको मूल गेटको दक्षिण–पश्चिम कुनामा चापाकल गाडेको छ । उक्त चापाकलको उद्घाटन वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्कीले गरेकी थिइन् ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष विनीत लोहियाले चापाकलको संरक्षण र संवर्धन हामी सबैको दायित्व भएको बताए । मन्दिर आउने दर्शनार्थीहरूले सफा पानीको उपभोग गरून् भन्ने उद्देश्यले चापाकल गाडिएको रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर अनिल जायसवालले जानकारी गराए ।
वडाध्यक्ष ध्रुव नेपालको सभापतित्वमा भएको कार्यक्रममा माईस्थान मन्दिर अतिथि सदनका उपप्रमुख दिना गुप्ता, श्री कालभैरव मन्दिर सञ्चालक समितिका अध्यक्ष श्याम श्रेष्ठ, पत्रकार जगदीश शर्मा, वडासदस्य राजु खड्गी, रोटरी क्लबका प्रकाश अमात्यलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here