प्रस, पर्सागढी, ३० असोज/
सबडिभिजन वन कार्यालय सबैया र सशस्त्र प्रहरी बेस क्याम्प सोलखपुरको संयुक्त गस्ती टोलीले पर्सागढी नगरपालिका–३ पकडियाबाट दुई थान सालको गोलिया र साइकल बरामद गरेको छ ।
दुईवटा साइकलमा राष्ट्रिय वनबाट सालको रूख कटान गरी सोको गोलिया ल्याउने क्रममा वनगस्ती टोलीलाई
देखेर तस्करहरू साइकल छाडी भागेको सशस्त्र बेसका अनन्त राईले बताए । बरामद काठ र साइकल सबडिभिजन वन कार्यालय सबैयामा राखिएको छ ।