नेकपाको कालिकामाईमा शपथग्रहण सम्पन्न

0

प्रस, पोखरिया, २९ असोज/
नेकपाको कालिकामाई गाउँपालिका कमिटीको शपथग्रहण समारोह सम्पन्न भएको छ ।
कालिकामाई गापा–५ मा आयोजित कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजराले गाउँ कमिटीका पदाधिकारी, सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।
शपथग्रहण समारोहका प्रमुख अतिथि केन्द्रीय सदस्य निर्मला देवकोटाले सरकारले विकास र समृद्धिका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिन् । उनले कोरोनाको समयमा नागरिकको जीवनरक्षाका लागि सरकारले राहत र उपचारमा उपलब्धि हासिल गरेको बताइन् ।
गापा कमिटीका अध्यक्ष शम्भु पालको अध्यक्षतामा भएको शपथग्रहण समारोहमा नेकपाका नेताहरू प्रद्युम्न चौहान, राजकुमार गुप्ता, बलिराम साह, जयप्रकाश थारु, जुनेद अन्सारी, जालिम मियाँ, मनोज गुप्ता, बाबुराम कौशिक, तेजप्रकाश निषाद, सुनील चौरसिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here