प्रस, सिराहा, २९ असोज/
लामो समयसम्म नवीकरण नभएका सिराहाका ४५ वटा उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय, लहानले जनाएको छ ।
दर्ता भएपछि नियम अनुसार नवीकरण नगराउने उद्योगहरूले कुनै काम गरे नगरेको बारेमा पनि कुनै विवरण प्राप्त नभएकोले त्यस्ता उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताएका छन् ।
यसैबीच, बितेको आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा एक हजार १४४ वटा नयाँ उद्योग दर्ता भएको साथै ४४५ वटा उद्योगको नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ ।