फरार अभियुक्त ३० वर्षपछि पक्राउ

0

 प्रस, वीरगंज, २९ असोज/

    बारा सिम्रौनगढ क्षेत्रको, ३० वर्ष पुरानो हत्या मुद्दाका, फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, सिम्रौनगढको टोलीले उनलाई मङ्गलवार आप्mनै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
    २०४४ भदौ १२ गते साँझ साढे ६ बजे अपहरण गरी भोलिपल्ट बारा, साबिक गोलागंज गाउँ पञ्चायत–४ बस्ने जयमङ्गलप्रसाद कोइरीको हत्याको अभियोगमा बारा प्रहरीले सिम्रौनगढ नगरपालिका–७ खजानी टोल बस्ने श्यामकिशोरप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।
    कुशवाहालगायत केही व्यक्तिले डरत्रास देखाइ जयमङ्गलप्रसाद कोइरीलाई अपहरण गरी भोलिपल्ट अमृतगंज खजानीस्थित नेपाल–भारत सीमा नाकामा घाँटी रेटेर मारेका थिए । त्यसपछि मुख्य अभियुक्त कुशवाहा फरार रहँदै आएका थिए ।
    बारा जिल्ला अदालतले ज्यान मुद्दामा २०४७ असोज २८ गते गरेको पैmसला अनुसार १० वर्ष कैद ठहर गरेको थियो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here