पर्सा र बारामा थप ३७ सङ्क्रमित

0

 प्रस, वीरगंज, २९ असोज/
    पर्सा र बारामा थप ३७ जना सङ्क्रमित पुष्टि भएका छन् ।
    नारायणी अस्पतालको प्रयोगशालाले बुधवार राति जारी गरेको रिपोर्ट अनुसार पर्साका २१ र बाराका १६ जना गरी ३७ जना सङ्क्रमित पुष्टि भएका जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए ।
    पर्साका १५८ जना र बाराका ३४ जना गरी कुल १९२ जनाको स्वाब परीक्षण गर्दा ३७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । बाराका १६ जना र पर्साका वीरगंज महानगरपालिका वडा नं ४, ७, १३, १४, १५, १८ र २२ तथा चारजनाको वडा नखुलेको गरी १७ जना र पोखरिया नगरपालिका–२ र ५ का चारजना गरी २१ जना सङ्क्रमित भएका प्रशासकीय अधिकृत श्रीवास्तवले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here