माईस्थान–गीता मन्दिर सडक बिग्रँदा चक्काजाम

0

प्रस, वीरगंज, २८ असोज/
वीरगंज महानगरविरुद्ध वीरगंज माईस्थानका व्यवसायीले प्रदर्शन गरेका छन् । त्यस भेगका व्यवसायीहरूले बिहान ११ देखि १२ बजेसम्म एक घण्टा माईस्थान चोकमा चक्काजाम गरी विरोध जनाएका थिए ।
लामो समयदेखि माईस्थान–गीतामन्दिर सडक मरम्मत सम्भार नहुँदा दैनिक दुर्घटना तथा धूलोमा बाँच्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । एक व्यवसायीका अनुसार चाडपर्व शुरू हुन लाग्दा पनि महानगरले सडक कालोपत्र नगरेको आरोप लगाए । उनले नगरप्रमुख विजयकुमार सरावगीलाई यस विषयमा स्प्रीट क्लब माईस्थानले यथाशीघ्र कालोपत्र गर्न ध्यानाकर्षण गराउँदा कुनै सुनवाइ नभएको बताए । महानगरले तत्काल सडक सुधार नगरे थप कडा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here