दशैं सस्तो बजारको लागि सरसफाइ

0

प्रस, जीतपुर, २८ असोज/
जीतपुरसिमरा उपमहानगरपालिका तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले जीतपुरको मुख्य बजारमा सरसफाइ गरेको छ ।
दशैं, तिहार, छठ पर्वको पूर्वसन्ध्यामा सस्तो बजारको लागि जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले सरसफाइ गरेको हो । पसल, स्टलको व्यवस्थापनका लागि सफाइ गरिएको सङ्घका अध्यक्ष सञ्जयकुमार साहले बताए ।
चाडपर्व लक्षित सस्तो बजारमार्पmत् सर्वसाधारणलाई आवश्यक सबै वस्तु सुपथ मोलमा उपलब्ध गराउने लक्ष्य रहेको सङ्घका महासचिव मोहन शर्माले बताए ।
सङ्क्रमणको बेला सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराइने अध्यक्ष साहले बताए । घरेलु तथा साना उद्योग कार्यालय, कलैयाको साझेदारीमा सस्तो बजार स्थापना गरिन लागेको अध्यक्ष साहले बताए । सफाइ कार्यक्रममा जीतपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष्F घनश्याम गिरी, सिमरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष्F रेशम तिवारी, स्थानीय जनपद तथा सशस्त्र प्रहरी, व्यवसायी, राजनीतिकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको जीतपुर तयारी पोशाक सङ्घका अध्यक्ष्F विकाश गिरीले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here