पर्सा र बारामा २२ जना सङ्क्रमित थप

0

प्रस, वीरगंज, २८ असोज/
नारायणी अस्पतालको प्रयोगशालाले मङ्गलवार राति जारी गरेको पिसिआर परीक्षण रिपोर्टबाट पर्सा र बाराका थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले पर्साका १५ जना र बाराका ७ जना सङ्क्रमित थपिएको बताए । उनले कुल १९२ जनाको पिसिआर परीक्षण गरिएकोमा पर्साका दुईजना महिलासहित १५ जना र बाराको ७ जना सङ्क्रमित पुष्टि भएको बताएका छन् । सङ्क्रमितमा पर्साको कालिकामाई गापाका तीनजना, पर्सागढी नपाका तीनजना र छिपहरमाई गापाका एकजना तथा वीरगंज महानगरपालिकाका आठजना छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here