प्रस, वीरगंज, २७ असोज/
वीरगंजबाट प्रसारित रेडियो सान्भी र साझा डेलीको जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै जसपाका अध्यक्ष यादवले सञ्चार क्ष्Fेत्र लोकतन्त्रको थर्मामिटर भएको बताए। उनले नागरिकले पाएको स्वतन्त्रता, लोकतन्त्रको अवस्था मापन गर्ने थर्मामिटर सञ्चार क्षेत्र भएको बताए। उनले प्रेस स्वतन्त्रता रहेको देशमा लोकतन्त्र स्थापित भएको मान्न सकिने बताए।
नेपालको हकमा सबैखाले परिवर्तनमा सञ्चार क्ष्Fेत्रको भूमिका प्रभावकारी भएको र यसलाई अझै प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताए। पत्रकारिता क्षेत्रमा क्रान्ति आएको भन्दै सबै मानिस पत्रकार भएको र यो राम्रो कुरा हो, उनले भने।
जसपाका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाए। उनले सरकारलाई प्रतिपक्षले भन्दा पनि सञ्चारकर्मीहरूले खबरदारी गरिरहेको बताए। उनले लोकतन्त्रलाई जनस्तरसम्म पु–याउन मिडियाको भूमिका प्रभावकारी भएको चर्चा गरे। दुई दशकमा डिजिटल क्रान्तिले सञ्चार क्षेत्रलाई घरघरसम्म पु–याएको बताए। कोरोनाको महामारीले देशको अर्थतन्त्र तहसनहस भएको र सरकार मूकदर्शक भएको उनले आरोप लगाए। अहिलेको अवस्थामा सरकारलाई खबरदारी गर्न राजनीतिक दलभन्दा पनि मिडियाको भूमिका प्रभावकारी हुने उनले चर्चा गरे।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले सञ्चार ऐन ल्याउँदा पत्रकारका प्रतिनिधिसँग छलफल गरेको बताए। उनले ऐनमा के मिलेको, के नमिलेको जस्तो भएको भन्दै प्रदेश सरकार पत्रकारको भावनामाथि कुठाराघात गर्ने मनसायमा नरहेको बताए। उनले आवश्यकता र औचित्यको आधारमा ऐन संशोधन गरिने प्रतिबद्धता जाहेर गरे। मुख्यमन्त्री गद्दीले दशैंअगावै मिडिया ऐन संशोधनको प्रयास भइरहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले बलिदानीबाट स्थापित प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गरी कानून ल्याएको आरोप लगाए। उनले प्रदेश सरकारलाई प्रेसमैत्री हुन सुझाव दिए।
रेडियो सान्भीका महाप्रबन्धक नवराज फुयाँलको सभापतित्वमा भएको उद्घाटन समारोहमा जसपाका नेता राजेन्द्र श्रेष्ठ, सांसद प्रदीप यादव, प्रदेशसभा सदस्यहरू करीमा बेगम, सिंहासन साह कलवार, भीमा यादव, जन्नत अन्सारी, मन्जुर आलम, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, निजामुद्दीन समानी, तबरेज अहमदलगायतले शुभकामना व्यक्त गरेका थिए।