चिरान काठ बरामद

0

प्रस, निजगढ, २६ असोज/
बाराको निजगढ नगरपालिका–४ कछडिया टोलबाट सोमवार डेढ लाख मूल्यको अवैध चिरान काठ बरामद भएको छ।
स्थानीय श्रीनारायण धामीको घरमा छापामारी गर्दा ३५ क्युफिट चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय, बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिए। वन कर्मचारी, सुरक्षाकर्मीको टोलीले सूचनाको आधारमा छापामारी गर्दा धामी भाग्न सफल भएका थिए।
डिभिजन वन कार्यालय बारा मातहतको सबडिभिजन वन कार्यालय तामागढी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सो काठ बरामद गरिएको हो। पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र, राष्ट्रिय वन क्षेत्र, सामुदायिक वन क्षेत्रबाट गोलिया ल्याइ चिरान गरेको वन सुरक्षाकर्मीहरूले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here