थप १७ जनामा कोरोना सङ्क्रमण

0

प्रस, वीरगंज, २६ असोज/
    नारायणी अस्पतालको प्रयोगशालामा आइतवार राति थप १७ जना सङ्क्रमित पुष्टि भएका छन्।
    ९६ जनाको पिसिआर परीक्षण गरिएकोमा पर्साका १०, बाराका ५ र सप्तरीका २ जना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। पर्सा जिल्लाको पोखरिया नगरपालिका–२ का एकजना र बाँकी ९ जना वीरगंज महानगरका वडा नं १, ४, ९, ११ र १३ का १/१ जना र ४ जनाको वडा खुलेको छैन। पर्सा जिल्लामा एकजना महिला सङ्क्रमित पुष्टि भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।
    नारायणी प्रयोगशालामा अहिले दैनिक एक सयजनाको मात्र पिसिआर परीक्ष्Fण भइरहेको छ। दैनिक एक हजारजनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको प्रयोगशालामा जनशक्तिको अभावमा एक सयजनाको मात्र परीक्षण भइरहेको हो। कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वीरगंज महानगरपालिकालाई थप चारजना स्वास्थ्यकर्मी सहयोग गर्न आग्रह गरेको नगरप्रमुख विजयकुमार सरावगीले बताए। उनले जनशक्तिको अभावमा स्वाब सङ्कलन र परीक्षण प्रभावित भएको बताएका छन्।
    महानगरले चारजना स्वास्थ्यकर्मी उपलब्ध गराएपछि परीक्षणको दायरा बढ्न सक्ने नगरप्रमुख सरावगीले बताए। विभिन्न कारणले वीरगंजमा एक घर–एक व्यक्ति परीक्षण र मास टे«सिङबाट स्वाब सङ्कलन हुन नसकेको पनि उनले बताए।
    आफूले एक घर–एक व्यक्ति परीक्षण अभियान सञ्चालन गरे पनि विभिन्न कारणले रोकिएको र अब शुरू हुने आशा पनि कम भएको स्वीकारे।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here