प्रस, वीरगंज, २६ असोज/
    त्रिभुवन विश्वविद्यालय सङ्घ ठाराब क्याम्पस एकाइले विज्ञप्ति जारी गरी चाडपर्व नजिकिंदै गर्दा पनि तलब नपाएको भन्दै क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ। सङ्घका अध्यक्ष डा राजेन्द्र ठाकुरले नेविसङ्घले विभिन्न माग राखेर तालाबन्दी गरेको र सो सम्बन्धमा सङ्घ तथा क्याम्पसबीच वार्ता टोली बनेको भएपनि वार्ता अहिलेसम्म सार्थक नहुँदा तलब नपाएको भन्दै नेविसङ्घलाई तलबसम्म खुवाउने वातावरण बनाइदिन अनुरोध गरेको छ।
    यसैगरी, सङ्घले स्नातकोत्तर तह प्रथम सेमेस्टरको समाजशास्त्र विषयको कक्षा सञ्चालन गरिरहेको आंशिक महिला शिक्षकलाई सत्रबीचमैं कक्षाबाट निकालेको र अर्को विषयको शिक्षकलाई सो कक्षाको जिम्मेवारी दिइएकोमा आपत्ति जनाएको छ।  
    घटनाबारेमा क्याम्पस प्रमुखको ध्यानाकर्षण गराइएको तर सो सम्बन्धमा अहिलेसम्म कुनै उत्तरदायित्व निर्वाह नगरिएकोले विषयगत आंशिक शिक्षकलाई कक्षा सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here