अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

0

प्रस, पंचगावाँ, २५ असोज/
    पटेर्वासुगौली गाउँपालिका–४ सुगौलीस्थित गदरबाबा मन्दिर प्राङ्गणमा अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
    एक्शन एड नेपालको सहयोग र दिव्य युवा क्लबको सहकार्य र पटेर्वासुगौली गापाको समन्वयमा माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाहरू वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए।
    वक्तृत्वकला प्रतियोगिताको विषय ‘बालविवाह र दाइजोप्रथाले बालबालिकामाथि पारेको असर’ थियो।
    क्लबका कार्यक्रम संयोजक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पटेर्वासुगौली गापा अध्यक्ष हरिनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, जिन्सी तथा राजस्व फाँटका प्रमुख वीरेन्द्रप्रसाद चौधरी, नेरामावि सुगौलीदापका प्रअ मोहनदास थारू, सञ्चारकर्मी चिरञ्जीवी यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
    वडा नं १ देखि ५ सम्मका बालिकाहरू सहभागी भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम दीपावलीकुमारी, द्वितीय इतुकुमारी, तृतीय नागज्योति कुमारी, चौथो अमिका कुमारी, पाँचौं विष्णु चौधरी, छैटौं हसिना खातुन भएका थिए। उनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका सुनील भारतीले बताए।
    यसैगरी, भिएसओ नेपाल र डिवाइसीको आयोजनामा कोरोना भाइरसबाट शिक्षामा परेको असर विषयक वक्तृत्वकला प्रतियोगिता धोबिनी र जगरनाथपुर गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रममा ३२ वटा  ब्रिज कक्षाका किशोरकिशोरीहरू सहभागी थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here