तीन स्थानमा १२ महिलासहित १७८ जनाद्वारा रक्तदान

0


प्रस, वीरगंज, २४ असोज/
    वीरगंज महानगरको दुई स्थान र बाराको महागढीमाई नगरपालिकाको एक स्थान गरी शनिवार तीन ठाउँमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित १७८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए।
    वीरगंज महानगरको रानीघाटमा दुर्गापूजा सेवा समितिले १४औं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६३ जनाले रक्तदान गरेका थिए। समितिका अध्यक्ष सतीशसिंह राजपूतको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सल्लाहकार प्रदीप कुशवाहाले उद्घाटन गरेका थिए। कार्यक्रममा स्वागत दिनानाथ रौनियार र सहजीकरण प्रणय साहले गरेका थिए।
    कार्यक्रममा नीरज गुप्ता, मुन्ना कुमार, साजन सिंह राजपूत, राजकुमार चौधरी, रमिता चौधरीले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।
    यसैगरी प्रभु अस्पतालको प्रथम वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले गरेका थिए।
    अस्पतालका सञ्चालक डा मनोज गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर, डा दीपक शाक्य, नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष केसी लामिछाने, शाखा उपाध्यक्ष श्याम बन्जारा, व्यवस्थित वीरगंज अभियानका अध्यक्ष दिलीपराज कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रममा अनिता यादव, श्रेया गुप्ता, अरुण गुप्ता, अनुराग गुप्ता, उपेन्द्र यादव, रिंकुकुमार, सुरेश परियार, नरेन्द्र प्रसादलगायत ७ महिलासहित ६४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
    यसैगरी बाराको महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा ग्लोबल युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेशकी अर्थ राज्यमन्त्री उषा यादवले गरेकी थिइन्।
    क्लबका अध्यक्ष अभिषेक साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा धर्मराज, नवलकिशोर साह, प्रमोद गुप्ता, जनार्दन चौरसिया, जयराम ठाकुरसमेत दुईजना महिलासहित ५१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक डिल्लीमाया घिमिरेले जानकारी दिइन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here