वृद्धवृद्धा आश्रमलाई आर्थिक सहयोग

0


चिरञ्जीवी सापकोटा, ठोरी, २४ असोज/
    ठोरी गाउँपालिका–१ स्थित वृद्धवृद्धा तथा असहाय कल्याण समाज आश्रमलाई सहयोगी हातहरू नामक संस्थाले आर्थिक सहयोग गरेको छ।
    २०६४ सालमा मावि विजयबस्तीबाट एसएलसी दिएका पूर्व विद्यार्थीहरूले गठन गरेको सहयोगी हातहरू नामक संस्थाले शनिवार एक कार्यक्रमबीच आश्रमका अध्यक्ष आशबहादुर गुरुङलाई रु ३५ हजार हस्तान्तरण गरेका थिए।
    कार्यक्रममा सहयोगी हातहरूका अध्यक्ष्F भीमसेन सुनुवार, महेशकुमार श्रेष्ठ, ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरलगायतको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here