ठोरीमा सहकारी सञ्जाल गठन

0


प्रस, ठोरी, २४ असोज/
    ठोरी गाउँपालिकामा रहेका सहकारीहरूको सञ्जाल गठन भएको छ। शनिवार ठोरी गापा कार्यालय घ्याङडाँडामा भएको सहकारीका प्रतिनिधिहरूको भेलाले ‘सहकारी सञ्जाल ठोरी’ गठन गरेको हो। भेलाले सञ्जालको संयोजकमा अष्टबहादुर लोप्चनलाई चयन गरेको छ।
    गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले गठन गरेको ९ सदस्यीय सञ्जालको सचिव सागर लामा,  सदस्यहरू धना पडित, कलावती न्यौपाने, मणि घिमिरे, बुद्धलाल पाख्रीन, कमल राणा, पन्नालाल बिष्ट र जगेन्द्र पौडेललाई सर्वसम्मत चयन गरेको   जयसवालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here