प्रस, वीरगंज, २३ असोज/
शुक्रवार वीरगंज र रौतहटको नूनथरमा आयोजित रक्तदान कार्यक्रममा २२ महिलासहित १५७ जनाले रक्तदान गरेका छन्।
वीरगंज, घण्टाघरमा समुदाय–प्रहरी साझेदार कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र मीनाबजारले आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिलासहित ६८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
रक्तदान कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले गरेका थिए भने वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्ष्Fक राजेशराज पुरीले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
रक्तदान कार्यक्रममा अनिता ठाकुर, सावित्री सिलवाल, बिन्दाकुमारी कायस्थ, रानी श्रीवास्तव, करन साह, अलि मियाँलगायतले रक्तदान गरेको प्राविधिक घिमिरेले बताइन्। सामुदायिक सेवा केन्द्र मीनाबजारका अध्यक्ष्F विदुर गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षद्वय धु्रव नेपाल, राजकिशोर गुप्ता, पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, प्रनाउ मनोजीत कुँवर, केन्द्रका सचिव ग्यासुमियाँ देवानलगायतको सहभागिता थियो।
यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नपा–१ नूनथरमा नेपाल मगर सङ्घ र नूनथर अस्पतालद्वारा आयोजित रक्तदान कार्यक्रममा १२ महिलासहित ८९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
सङ्घका अध्यक्ष चन्द्रबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय तामाङ, गौरीशङ्कर साह, हरिबहादुर वाइवा, रञ्जन साह, दीपेन्द्र लामा, मङ्गलबहादुरलगायतले रक्तदान गरेको पाण्डेले जानकारी गराएका छन्।