सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

0

काठमाडौं, २३ असोज/रासस
    नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन्।
    ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। सन्दीप हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा छन्।
    यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपिएलको ड्राफ्टमा परेका छन्। सुमन हाल अस्ट्रेलियामा छन्। गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउनेछन्।
    आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोट टुङ्गो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए। लङ्का लिग नोभेम्बर २१ तारिखदेखि शुरू हुनेछ। श्रीलङ्का क्रिकेट बोर्डले पहिलोपटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ। उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउने छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here