प्रस, वीरगंज, २३ असोज/
अखिल नेपाल पिछडा वर्ग महासङ्घ, पर्सा (ओबिसी)ले निषेधाज्ञामा एक महीना सञ्चालन गरेको फूड बैंक बिहीवारदेखि बन्द गरेको छ।
वीरगंज महानगरको विभिन्न वडाहरूमा अतिविपन्न घरपरिवारलाई यो अवधिमा ओबिसीले राहत, औषधि वितरण गरेको महासङ्घका अकलेश साहले बताए। उनले ३० दिनको अवधिमा सय घरपरिवारलाई राहत र २० घरपरिवारलाई औषधि वितरण गरिएको बताए। कोरोना सङ्क्रमणको बेला जारी निषेधाज्ञामा महासङ्घका सदस्यहरूले आफ्नो खर्चबाट सो कार्य गरेको उनले बताए।